१४ आश्विन २०८१, सोमबार

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्ने


रबिन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएका छन् । मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्ने भएका हुन् ।

मिश्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्न राजी भएका हुन् । यद्यपि लामो समयदेखि राप्रपामा प्रवेशका लागि संवाद गरेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएपनि उपाध्यक्ष बनेर राप्रपामा भित्रिने भएका हुन् ।

यसअघि २०७८ साल पुस १६ गते शुक्रबार बिहान राप्रपा अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए ।

यसअघि मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका थिए । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !