१२ असार २०८१, बुधबार

जनकपुर उत्रिए मोदी, रक्षामन्त्री पोखरेलद्वारा स्वागत


visiting modhi

२८ वैशाखम, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्नेछन् ।

जानकी मन्दिरमा पूजा सकेपछि मोदी १२ विघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीलाई चार भाषामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यसपछि उनी मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टवाट सीधै होटल हायात पुग्नेछन् । होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !