काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समग्रमा नेपालको १५ बर्षको सपना कोर्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै महामन्त्री शर्माले नेपालको विकासको १५ बर्षको सपना कोर्नुपर्ने बताएका हुन् ।
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा वीपीप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनले यस्तो सपना सेयर गरेका हुन् ।
उनले आफूले महामन्त्री पदको उम्मेदवारी घोषणा गरेर पोहोर साल आजकै दिन सुन्दरीजलमा उनले रोपेको रुद्राक्षको वृक्ष अग्लो भइसकेको पनि बताएका छन् ।
५ बर्षमा जे गर्न सकिन्छ,त्यो सोचौं,त्यही लेखौं, अनि एक भएर त्यो पूरा गरौं l तर समग्रमा नेपालको १५ बर्षको सपना कोरौं !
(आज भदौ २४ वीपीप्रती श्रद्धा सुमन)रुद्राक्षको वृक्ष यति अग्लो भइसकेछ l महामन्त्री पदको उम्मेदवारी घोषणा गरेर पोहोर आजकै दिन सुन्दरिजलमा मैले जो रोपेको थिएँ ! pic.twitter.com/FKkSLLsay5
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 9, 2022