१४ आश्विन २०८१, सोमबार

प्रचण्ड र जनार्दनबीच चिसियो सम्वन्ध, मञ्चमै भनाभन


प्रचण्ड र जनार्दन शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्माबीचको सम्वन्ध चिसिएको छ ।

गुरुङलाई महासचीव बनाएपछि केही समयसम्म चुप लागेका बसेका शर्मा र प्रचण्ड बीचको सम्वन्ध आज छताछुल्ल भएको हो । आज बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा मञ्चमै प्रचण्ड र शर्माबीच भनाभन भएको छ ।

अध्यक्ष प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विषयलाई लिएर उत्पन्न भएको विवाद आज सार्वजनिक भएको हो ।

अध्यक्ष प्रचण्डले दिएको उपमहासचिव पद जनार्दन शर्माले अस्वीकार गरेका छन् । आजको कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको भन्दै पद अस्वीकार गरेका हुन् ।

प्रचण्ड उपस्थित भएको मञ्चमै शर्माले पद अस्वीकार गर्दै आफू उपमहासचिवको हैसियतमा नभई कार्यकर्ताका रूपमा कार्यक्रममा आएको बताए । शर्माले प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

जनार्दनको यो कुरा सुनेका प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । प्रचण्डले ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनुस्’ भन्दै चेतावनी दिएका छन् ।

पार्टीको महासचीव पदका प्रवल दावेदार शर्मालाई नबनाई अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचीव बनाएदेखि शर्मा प्रचण्डसंग रुष्ट भएका थिए । महासचिवमा बर्षमान पुन र शर्मा दुवैले दावी नछाडेपछि गुरुङले महासचीव पद बाजी मरेका थिए भने दुवै जनासँग सम्वन्ध बिग्रिने डरले प्रचण्डले मध्यमार्गी बाटो अवलम्वन गरेका थिए ।

प्रचण्डले शर्मा र पुनसहित गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव बनेका थिए । अध्यक्ष प्रचण्डले लिएको निर्णयमा त्यस बेलै फरक मत राखेका शर्माले पद नै अस्वीकार गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !