१२ आश्विन २०८१, शनिबार

सांसदहरुलाई सशक्त बनाउँने बानियाँको प्रतिवद्धता


Indra Bahadur Baniya ईन्द्रबहादुर बानियाँ

२६ वैशाख, काठमाण्डौ  । राजधानीमा आयोजित नेपाली काँग्रेसको प्रदेश ३ को संसदीय दलले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै काँग्रेसको प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट दुरुपयोग रोक्नका लागि प्रतिपक्षी दलको हैसियतले काँग्रेसका सांसदहरु सचेत भएर प्रस्तुत हुनु पर्ने बताउनु भयो ।

काँग्रेसको प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश ३ का काँग्रेस सांसदहरुलाई बैठक प्रशिक्षण दिँदै विकास र समृद्धिको पक्षमा काँग्रेस सशक्त भएर लाग्ने बताउनु भयो । प्रदेश ३ का सांसदहरुलाई सहमहामन्त्री महत, केन्द्रीय सदस्य रमेश लेखक लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रदेश नम्बर ३ मा काँग्रेसका २१ सांसद छन् । सो प्रशिक्षण कार्यक्रममा काँग्रेस संसदीय दलका सचिव निमा लामाले काँग्रेसले प्रदेश सभाको बैठकमा गरेको कामको विवरण पेश गर्नुभएको थियो । नेपाली काँग्रेसको प्रदेश नम्बर ३ को प्रवक्तामा रसुवाबाट निर्वाचित प्रदेश सांसद प्रभात तामाङ समेत तोकिनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !