११ असार २०८१, मंगलबार

काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रवक्तामा तामाङ


ht-prasishan 1

हेटौंडा, २५ बैशाख । काँग्रेस प्रदेश नम्बर ३ को संसदीय दलको प्रवक्तामा प्रदेशसभा सदस्य प्रभात तामाङ नियुक्त हुनुभएको छ ।
काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको काठमाडौंको बौद्धमा भएको एकदिने संसदीय अभ्यास सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले तामाङलाई  प्रवक्तामा नियुक्त गर्नुभएको संसदीय दलका सदस्यसचिव निमा लामाले जानकारी दिनुभयो ।
प्रदेशसभाका २१ जना प्रदेशसभा सदस्य, प्रमूख अतिथि केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखकको विशिष्ट आतिथ्यतामा भएको अन्तर्क्रिया  कार्यक्रममा तामाङलाई दलका नेता बानियाँले प्रवक्ता नियुक्त गर्नुभएको सदस्य सचिव लामाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !