७ जेष्ठ २०८१, सोमबार

काँग्रेसको नीति र खुला अर्थनीतिमा अन्य पार्टीः डा. महत


ht-prasishan 2

हेटौंडा, २५ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रमको बुधबार उद्घाटन् गर्दै प्रमूख अतिथि डा. महतले संख्याको हिसावमा अहिले काँग्रेस तल परेको भएपनि अन्य पार्टीहरु काँग्रेसको विचार र अर्थनीतिमा चलेकाले काँग्रेस तल नपरेको बताउनुभयो ।

देशका प्रमूख घटनाक्रमहरुमा काँग्रेसको नेतृत्वले नै यो सब सम्भव भएको बताउँदै डा. महतले संसदमा प्रस्तुत हुँदा नियमावलीमा विचार पु¥याएर प्रभावकारी र सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री डा. महत र केन्द्रीय सदस्य रमेश लेखक ३ नम्बर प्रदेशका संसदहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

केन्द्रीय सदस्य लेखकले प्रदेशसभा बैठक संचालनमा दलको भूमिका, संसदमा राष्ट्रिय-अन्तर्क्रिया अभ्याससहितको बृत्तचित्र र डा. महतले प्रदेश आर्थिक प्रणाली, काँग्रेसले ४८ सालदेखि लिएको खुला अर्थनीति र आगामी दिनमा दलले खेल्नुपर्ने भूमिका बारेमा प्रदेश सांसदहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

काँग्रेस ३ नम्बर प्रदेशका २१ सांसदबीच बुधबार दिनभर चलेको अन्र्तक्रियामा संसदीय दलका सदस्यसचिव निमा लामाले स्वागत मन्तव्य दिनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !