११ श्रावण २०८१, शुक्रबार

आफूविरुद्ध भ्रम छर्नेहरूबारे एकदिन खुलासा गर्ने अर्थमन्त्री शर्माको चेतावनी


जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने चेतावनी दिएका छन् । भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले आफ्नो बारेमा भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।

सञ्चारगृह विरुद्ध मानहानीको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले स्पष्ट पारेका छन् । तथ्यहीन रूपमा केही समय भ्रम छरेपनि सत्य के हो भन्ने स्थापित हुने भएकाले आफू अदालती प्रक्रियामा नगएको उनको भनाइ छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !