१३ बैशाख २०८१, बिहिबार

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नै पर्ने बाध्यता भएको हार्ने छुट नभएको स्पष्ट पारेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदनको बारेमा धारणा राख्दै अध्यक्ष ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन् । उनले जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन् ।

ओलीले नागरिकता विधेयकको सम्वन्धमा ७ बुँदे दृष्टिकोण आफ्नो दृष्टिकोण पनि राखेका छन् । ओलीले नागरिकता समस्या समाधानका लागि नयाँ नागरिकता ऐन बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

ओलीले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको दावी गरेका छन् ।

ओलीले सत्ता गठबन्धन दलले एमाले विरुद्द जारी राखेको धुव्रिकरण तत्कालका लागि चुनौतिपूर्ण रहेपनि दीर्घकालिन हिसावमा सकारात्मक रहेको बताएका छन् ।

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !