१२ श्रावण २०८१, शनिबार

सरिता गिरीको घोषणा : म प्रदीप गिरिको निर्वाचन क्षेत्रबाट चुनाव लड्छु


सरिता गिरी फाइल फोटो

काठमाडौँ । महिला नेतृ सरिता गिरीले दिवंगत नेपाली काँग्रेस नेता एवं सामाजिक चिन्तक प्रदीप गिरिको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै गिरीले प्रतिनिधिसभा सदस्यका लागि सिरहा क्षेत्र नम्वर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले बुधबारमात्र नेपाल सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।

उनले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको चाहनाअनुरुप आफूले पार्टी परित्याग गर्ने निधो गरेको उनले बताएकी थिइन् । गिरीले आफूलाई सहयोग गर्न सबैसँग आह्वानसमेत गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !