८ असार २०८१, शनिबार

राष्ट्रपतिले नागरिकता विधेयकबारे सैनिक अधिकारीहरुसँग परामर्श गर्नु संविधान प्रतिकूल हो : बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको बारेमा सैनिक अधिकारीहरुसँग परामर्श गर्नु संविधान प्रतिकूल भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै भट्टराईले राष्ट्रपति भण्डारीले संविधानविपरीत नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गरेको बताएका हुन् । राष्ट्रपति भण्डारीले हिजो बुधबार सैनिक तथा पूर्वसैनिक अधिकारीसँग परामर्श गरेको समाचार बाहिरिएपछि भट्टराईले यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसद्‌मा फिर्ता पठाएको र संसद्‌बाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् ।

राष्ट्रपति भण्डारीले पुनर्विचारको लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएको छ । आफूले दिएको सुझाव नसमेटी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी हुन् ।

उनले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन ।नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा ’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !