१२ श्रावण २०८१, शनिबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले बताएको छ । ओली देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

देउवा सरकारले पछिल्लो समय प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी कानुन निर्माण लगायत दिर्घकालिन महत्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपति जनाएकोले सोही विषयमा कुरा गर्न ओली बालुवाटार गएका स्रोतले बताएको छ ।

सरकारले एमालेसँग सल्लाह नगरी विभिन्न कानुन निर्माण, नागरिकता विधेयक अघि बढाएकोमा अध्यक्ष ओलीले सार्वजनिक रुपमै असन्तुष्टी जनाएका थिए । प्रधानमन्त्री देउवाले पटक-पटक आग्रह गरेपछि अध्यक्ष ओली अघि बालुवाटार गएको बालकोट स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !