१२ असार २०८१, बुधबार

समानुपातिक तर्फका निर्वाचनका लागि भदौ १० देखि १२ गतेसम्म दल दर्ता गर्नुपर्ने


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ । समानुपातिक तर्फका निर्वाचनका लागि भदौ १० देखि १२ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नु पर्ने भएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !