८ बैशाख २०८१, शनिबार

राजनीतिक आबद्धता त्याग्‍न शिक्षक तथा कर्मचारीलाई बालेनको निर्देशन


बालेन शाह फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई तत्काल राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बुधबार बिहान एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेयर महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई राजनीतिक आबद्धता नत्यागे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबर्द्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत नहुने स्पष्ट पारेका छन् ।

बालेनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरिएको बताएका छन् ।

मेयर शाहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारी कुनै दलमा आबद्दता देखेमा [email protected] मा इमेल गर्न अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !