७ मंसिर २०८१, शुक्रबार

काँग्रेस नेता गिरीको निधनमा उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुन गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएका छन् । गिरी भौतिक रुपमा विदा भएपनि उनको विचार र देशको लागि पुर्याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन् ।

उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !