१६ आश्विन २०८१, बुधबार

प्रदीप गिरिको निधनमा प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण बैठक स्थगित गर्न लागिएको हो ।

आजको बैठक स्थगित गरेर भोलिका लागि बैठक बोलाउने बारे छलफल भइरहेको संघीय संसद् सचिवालयले स्रोतले जानकारी दिएको छ । सांसद गिरिको उपचारका क्रममा हिजो शनिबार राति साढे ९ बजे ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको उक्त अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !