६ जेष्ठ २०८१, आइतबार

माओवादीमा टुंगो लाग्यो पदाधिकारी, २१ सदस्यीय पदाधिकारी चयन


माओवादी स्थायी समिति बैठक

काठमाडौँ । लामो प्रयासपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको पदाधिकारीको नाम सर्वसम्मत रूपमा पारित भएको हो ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन भएका छन् । यस्तै महासचिवमा देवप्रसाद गुरुङलाई चयन भएका छन् ।

स्रोतका अनुसार उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन् ।

त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई चयन भएका छन् ।

पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिनापछि माओवादीमा २१ सदस्यीय पदाधिकारी चयन भएको हो । माओवादीले गत पुसमा आठौं महाधिवेशनको आयोजना गरेको थियो ।

लामो समयसम्म पदाधिकारी चयन हुननसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना भइरहेको सन्दर्भमा त्यसलाई टुङ्गो लगाएको पार्टीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !