९ असार २०८१, आइतबार

संसदबाट नागरिकता विधेयक पुन: पारित हुनै लाग्दा ओली पुगे गृहजिल्ला झापा


केपी शर्मा ओली झापामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयकको विषयमा प्रतिनिधिसभामा घनिभूत छलफलमा भइरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने झापा गृहजिल्ला पुगेका छन् ।

राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयकमाथि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चलिरहेका बेला एमाले अध्यक्ष ओली भने तीन दिने बसाईका लागि भनेर आज गृहजिल्ला झापा पुगेका हुन् ।

तीन साताअघि मात्र चार दिन बसेर काठमाडौँ फर्किएका अध्यक्ष ओली पुन: तीन दिन बस्ने गरी झापाको चन्द्रगढी बिमानस्थल पुग्दा एमाले नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका हुन् । तीन दिने झापा बसाईका क्रममा अध्यक्ष ओलीको नेपाल कै होचो भूमि केचनादेखि गौरादह र विर्तामोडदेखि इलामको चुलाचुलीसम्म पुग्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !