१२ असार २०८१, बुधबार

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक जारी


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठक जारी रहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज जारी रहेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल जारी रहेको हो । बैठक कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा भई रहेको छ ।

आजको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुँदैछ । प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले ९ दिनसम्म बैठक बस्न सकेको थिएन ।

२२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !