९ असार २०८१, आइतबार

रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेशसभा चुनाव नलड्ने निर्णय


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । रवि लामिछाने नेतृत्वको पार्टीले आगामी प्रदेशसभाको निर्वाचन नलड्ने निर्णय गरेको छ । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको हो ।

केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको लामिछानेले बुधबार जानकारी दिए । उनले भने, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !