१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिले नागरिकता विधेयकमा पठाएको सन्देश संसदलाई आज जानकारी गराइने


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई आज जानकारी गराइने भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीको पहिलो नम्वरमा प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देससहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । राष्ट्रपति आफूकहाँ प्रमाणीकरणका लागि आएको उक्त विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार अब नागरिकता विधेयकमाथि दुवै सदनले पुनर्विचार (संशोधन) गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । नागरिकता विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएर साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो १५ वटा सन्देश भएको पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख गरिएको छ ।

जानकारी गराइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !