७ बैशाख २०८१, शुक्रबार

केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा तयारीका विषयमा छलफल


गृह मन्त्रालय

काठमाडौँ । सिंहदरबारमा निर्वाचन सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा जारी रहेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी रहेका छन् ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । निर्वाचनमा चारवटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !