७ मंसिर २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

आज बस्ने बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मौखिक सहमति जनाएका छन् ।

उक्त मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ । आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताए ।

साथै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि आज बस्दैछ । सो कार्यदलका सदस्यलाई पार्टीको तर्फबाट पेस गर्ने एजेण्डा तथा अडानका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !