१४ बैशाख २०८१, शुक्रबार

संसदबाटै बालेनलाई योगेशको आग्रह : फोहोर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस्


योगेश भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई एमालेमा आउन आग्रह गरेका छन् ।

आज आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बैठकमा बोल्दै सांसद भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे । वर्तमान सरकारको भर परे मेयर बालेन असफल हुने उनको भनाइ छ । सांसद भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौंका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।

उनले काठमाडौंमा फोहोर नउठाइएको ७१ दिनमा फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरी बेखबर रहेको आरोप लगाए ।

उनले काठमाडौंमा फोहोर नउठाइँदा हैजा र झाडापखालाको महामारी साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा रहेको बताए । फोहोर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौं महानगरका मेयर बालेनलाई आग्रह पनि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !