११ श्रावण २०८१, शुक्रबार

माओवादीले प्रचण्ड जापानबाट फर्किएपछि दल दर्ता गर्ने


नेकपा माओवादी केन्द्र

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि दल दर्ता गर्ने भएको छ । हाल जापानको भ्रमणमा रहेका प्रचण्ड साउन २६ गते स्वदेश फर्किदैछन् ।

प्रचण्ड स्वदेश फर्किपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने माओवादीका एक स्थायी समिति सदस्यले बताए । दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने भएको हो ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ गतेका लागि घोषणा गरिसकेको छ । अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनका लागि आज दल दर्ता गर्दै छ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचन प्रयोजनका लागि एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !