१३ बैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री डा. खड्का आज चीन भ्रमणमा जाँदै


डा. नारायण खड्का र वाङ वी

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री खड्काले आजदेखि २६ (अगस्ट ९ देखि ११) गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्न लागेका हुन् ।

उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो । दुबै मन्त्रीहरूले भोलि १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी पर्सि ११ अगस्टमा काठमाडौँ फर्किने मन्त्रालयले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !