७ बैशाख २०८१, शुक्रबार

बाबुरामको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ दर्ता, चुनाव चिह्न आँखा


नेतृत्व खोजेको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा आज बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी पार्टी दर्ता गराएका हुन् ।

भट्टराईको नेतृत्वमा दर्ता भएको उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । भट्टराईले आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरेका थिए ।

सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराई निकट स्रोतले जानकारी दिएको छ । पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने बताइएको छ । हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !