८ मंसिर २०८१, शनिबार

अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको प्रधानमन्त्रीको ओलीको दावी


KP Oli

२४ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १७औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै अनाहकमा र विभिन्न नाममा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने,’अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भएका छन् । देशमा स्थायित्व हुने गरी निर्वाचन गर्दा बम पड्काइए । साम्प्रदायिकका डरलाग्दा कामहरु हुन्छन् यसले राम्रो गर्दैन । यो काम आफै सञ्चालित हो वा अन्यत्रवाट भएको हो ।’

राष्ट्रिय सुरक्षाविपरीतका ती घटनाहरुलाई मसिनोगरी तथ्यको गहिराइमा गएर हेरिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा दृढताका साथ अगाडि बढ्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !