१३ असार २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा तीन जनालाई आवासीय राजदूत नियुक्त


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन जनालाई आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री डोरनाथ अर्याललाई ओमन, श्री नवराज सुवेदीलाई साउदी अरेबिया र श्री वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

आवासीय राजदूत नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !