८ असार २०८१, शनिबार

आजको प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे नयाँवानेश्वरस्थित संघीय संसदको भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई ओलीले सम्बोधन गर्ने भएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आज दिउँसो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक विषय, बजेट, अमेरिकी स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) बारे धारणा राख्ने बुझिएको छ । केही समय अघिदेखि एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको चर्को विरोध गर्दै आएको छ ।

एसपीपीमा सहभागी हुन नेपाली सेनाले ओली प्रधानमन्त्री भएकै समयमा पत्राचार गरेको सार्वजनिक भएतापनि ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।

ओलीले अमेरिकी एसपीपीमा आफूलाई मुछ्न पत्रमा टिपेक्स लगाइएको आरोप लगाउदै आएका छन् । ओलीले एसपीपीमा मलाई मुछ्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रमा टिपेक्स लगाएर चलानी नम्बर हातले लेखेर मिति संशोधन गरी बाहिर ल्याएको आरोप समेत लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !