१२ आश्विन २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक आज


Nepali-congress-Centre-office-Sanepa

२१ वैशाख, काठमाण्डाै । कांग्रेसमा पदाधिकारी मनोनयन गर्नका लागि निर्वाचित केन्द्रीय समिति बैठक बस्दैछ । रिक्त पदाधिकारी मनोनयन गर्न शुक्रबार दिउँसो २ बजे निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको हो ।

पदाधिकारी नियुक्तिकै लागि भनेर गत सोमबार बैठक बोलाइएकामा आफ्नो पक्षका सरोकारलाई बेवास्ता गरिएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक शुक्रबारका लागि सारिएको थियो ।

सहमतिका लागि पहल भइरहेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारीको जिम्मेवारी क–कसलाई दिइन्छ भन्ने टुंगो भइनसकेको बताए । सभापति शेरबहादुर देउवाले आफ्ना पक्षबाटै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनको तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !