८ असार २०८१, शनिबार

मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च


प्रेमबहादुर आले

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएका छन् ।

निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको रु ३५ लाख जोगाइदिएका छन् ।

निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउदा कम्तीमा पनि रु ५० लाख लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उद्धेश्य भम्रणमा पठाउदा रु ५० लाख खर्च लाग्ने भएपछी मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि रु ३५ लाख जोगाउनु भएको छ । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च रु १५ लाख ७४ हजार हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको रु ३४ लाख २५ हजार ६२५ जोगिने भएको छ ।

अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिएका थिए । तर अधिकारीले मन्त्रीको निर्देशन लत्याउदै खर्चहरु गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोध्नु भएपछी अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सि जाँचकालागि जम्बो टोलीको सूची तयार पारेका थिए । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिएको छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !