१२ असार २०८१, बुधबार

विदेशी कूटनीतिक नियोगलाई अबउपरान्त परराष्ट्र मन्त्रालयबाट मात्र पत्राचार गरिने


परराष्ट मन्त्रालय

काठमाडौँ । सरकारले अबउपरान्त विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अबउपरान्त विदेशी कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयबाट मात्र पत्राचार गर्ने निर्णय गरेको हो ।

विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने निर्णय गरेको पनि एक मन्त्रीले जानकारी दिए । अब विदेशी कूटनीतिक नियोगलाई अरु निकायहरुले पत्राचार गर्न नपाउने भएका हुन् ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतासँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरेको हो । यसअघि अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए ।

नेपाली सेनाले एसपिपीमा सहभागी हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको र अमेरिकाले सन् २०१९ मा निवेदन स्वीकृत गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !