१२ श्रावण २०८१, शनिबार

एमसीसी र एसपीपी दुवै परियोजना ओली सरकारको समयमा आएको हो : प्रचण्ड

चितवन पुगेर प्रचण्डले भने- एसपीपी सम्झौता खारेज हुन्छ


प्रचण्ड

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले एमसीसी र एसपीपी दुवै तत्कालिन ओली सरकारको पालामा आएको जिकिर गरेका हुन् । उनले एसपीपी सम्झौता खारेज हुने समेत बताएका छन् ।

यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन् । उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यो तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक-दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !