७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लोसपा नेताहरु बालुवाटारमा


लोसपा संसदीय दलको बैठक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा छन् ।
लोसपाका शीर्ष नेताले आज प्रधानमन्त्री देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले बताए । लोसपाले विशेष रुपमा आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !