१८ वैशाख, काठमाण्डौ । रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंमा आयोजित नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
मन्त्री पोखरेलले पार्टी एकतालाई प्रतिशतको आधारमा भागबण्डा गर्न नमिल्ने तर्क पनि गरे । मन्त्री पोखरेलले पार्टी एकता समानताको आधारमा हुने र त्यसले दुवै पार्टीका नेता, कार्यकर्तालाई न्याय र सम्मान गर्ने दावी पनि गरे ।
उनले आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन पनि सबै मजदुर संगठनहरुलाई आग्रह गरे । जनताको आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता पूरा गर्ने ‘काउन डाउन’ सुरु भएकाले सोही अनुसार काम गर्ने उनको प्रतिबद्धता छ ।












