६ जेष्ठ २०८१, आइतबार

राष्ट्रिय सभा अन्तगर्तका समितिहरुमा सदस्य मनोनयन


राष्ट्रिय सभा बैठक /fli6«o;ef a}7s sf7df8f}F, !@ h]7M /fli6«o;efdf laxLaf/ a;]sf] a}7s . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले दिगो विकास तथा सुशासन समिति सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा, सोनाम गेल्जेन शेर्पाको नाम अनुमोदन गरेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, उदयबहादुर बोहराको नामा अनुमोदन भएको छ ।

बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह(गरिमा), नरबहादुर विष्ट, मोहम्मद खालिदको नाम मनोनयन गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सांसदहरु दुर्गा गुरुङ, जगत बहादुर पार्की, जयन्ती देवी राई, राजेन्द्र लक्ष्मी गैरे मनोनय गरेको छ ।
राष्ट्रिय सभाबाट संसदीय सुनुवाई समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) वमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिमा भने सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की अछामीलाई पठाइएको छ ।

बैठकले राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सांसदहरुको नामावलीलाई पनि मनोनय गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ १३ गते बिहान ११ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु