१४ पुस २०८१, आइतबार

पार्टीभित्रको अन्तर्घातले स्थानीय निर्वाचनमा पराजय व्यहोर्नुपर्‍यो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्घातले स्थानीय निर्वाचनमा एमालेले पराजय व्यहोर्नु परेको बताएका छन् ।

आज बुधबार बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले पार्टीभित्रको अन्तर्घातको कारणले नै स्थानीय निर्वाचनमा पार्टीले अधिकांश ठाउँमा हार व्यहोरेको निष्कर्ष निकालेका हुन् ।

अध्यक्ष ओलीले महानगरपालिका र उपमहानगरपालिकामा उपप्रमुख जित्दा प्रमुख जित्न नसक्नु पार्टीभित्रबाटै अन्तर्घात भएको भन्दै यो विषयमा समीक्षा गर्नुपर्ने बताएका हुन् । ओलीले पार्टीभित्र अन्तर्घात भएकोले एमालेमा खतरनाक संकेत देखा परेको स्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !