२० असार २०८१, बिहिबार

रामग्राम-लुम्बिनी-तिलौरोकोट जोड्न मोनोरेल : प्रधानमन्त्री ओली


Kp oli

१७ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६२ औं बुद्ध जयन्ती समारोहलाई सोमबार लुम्बिनीमा सम्बोधन गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल संचालनको आवश्यकता औल्याएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थल लुम्बिनी मात्र नभइ यससँग सम्बन्धित रामग्राम र तिलौराकोटको समेत एकीकृत विकास गर्न तीनवटै स्थानलाई मोनोरेलले जोड्ने गरी संभाव्यता अघि बढाइने बताए ।

‘रामग्राम, लुम्बिनी हुंदै तिलौराकोट जोड्न मोनोरेल संचालनका लागि छिट्टै संभाव्यता अघि बढाइन्छ’-प्रधानमन्त्रीले भने-‘अध्ययनले संभव हुने देखियो भने काम पनि अघि बढ्छ ।’

उनले बुद्ध जन्मस्थल बारे विभिन्न माध्यममा भ्रम फैलाउने प्रयास भएपनि भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गरे । ‘तिलौराकोट लगायतका ठाउंमा गरिएका उत्खनन्ले पुष्टि गरिसकेको छ, बुद्ध जन्मस्थल भन्ने कहां हो भन्ने’-प्रधानमन्त्रीले भने-‘पाठ्यक्रमहरुमा पनि यसबारे भ्रम छैन ।’ बुद्ध जन्मस्थलबारे कसले भ्रम फैलाएको हो भन्ने चांही प्रधानमन्त्रीले खुलाएनन् ।

प्रधानमन्त्रीले लुम्बिनीको विकास अन्य शहरको जस्तो जथाभावी ढंगले गर्न नहुनेमा जोड दिंदै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणसहितको व्यवस्थित र दीगो विकास गर्नुपर्ने बताए ।

बुद्ध जयन्ती लुम्बिनी र नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पर्व भएको प्रधानमन्त्रीको भनाइ थियो । कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को समृद्धिको दीर्घकालीन आधार पर्यटन विकास भएको चर्चा गर्दै लुम्बिनी प्रमुख आधार भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !