२१ असार २०८१, शुक्रबार

भरतपुर महानगरको मेयरमा रेनु दाहाल दोस्रो पटक विजयी


रेनु दाहाल

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट मेयरको साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाल दोस्रो पटक विजयी भएकी छन् । यसअघि पनि भरतपुरको मेयर रहेकी दाहाल दोस्रो पटक मेयरमा विजयी भएकी हुन् ।

कुल मतदाता १ लाख ८५ हजार भएको भरतपुरमा जम्मा मत १ लाख २७ हजार ८३९ मत खसेको थियो । रातभर मतगणना गरेपनि भरतपुर महानगरपालिकामा अब ९१२ मत मात्रै गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आज बिहान १० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको छ ।

दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन् भने प्रमुख प्रतिद्वन्द्वी एमालेका विजयी सुवेदीले ३९ हजार ३ सय ४३ मत ल्याएका छन् । मेयर पदमा दाहालले सुवेदीभन्दा १२ हजार ३२३ मत बढी ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४ सय २१ मत प्राप्त गरेर विजयी भएका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार हिमला गुरुङको ३० हजार ४ सय ७७ प्राप्त गरेकी छन् । अधिकारीले प्रतिद्वन्द्वी गुरुङभन्दा २१ हजार ९४४ बढी मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !