१२ असार २०८१, बुधबार

पार्टी एकता नहुने प्रश्नै छैन : नेम्वाङ


Subas Nembang

१७ वैशाख, इलाम । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् ।

ए–माओमालेवादी एकताबारे अनेक आशंका व्यक्त भइरहेका बेला उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरे ।

‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’

नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे ।

दुई पार्टीको एकतालाई निर्वाचनमार्फत मतदाताले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ । ‘एकता नभए जनतालाई दिने उत्तर हामीसँग छैन,’ नेम्वाङले भने, ‘त्यसैले एकता नहुने प्रश्नै छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !