१८ असार २०८१, मंगलबार

मोरङको ग्रामथानमा कांग्रेस, उर्लाबारीमा एमाले विजयी


कांग्रेस-एमाले

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गरेका छन् ।

सात वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक÷एकमा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।

उर्लाबारीमा एमाले

उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरेका छन् ।

नौ वडा रहेको उर्लाबारीमा पाँचमा एमाले र चारमा कांग्रेस विजयी भएको छ । मोरङमा ६ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !