६ बैशाख २०८२, शनिबार

व्यास नगरपालिकामा घाइते भएका स्वतन्त्र उम्मेदवार दीपकराजको अग्रता


दीपकराज जोशी

दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् ।

उम्मेदवारीमा एमालेले समर्थन गरेको जोशी सांघातिक आक्रमणमा पनि घाइते भएका थिए । स्थानीय चुनावकै दिन व्यास नगरपालिका-८ रिस्तिमा रहेको मतदान स्थलमा जोशीमाथि आक्रमण भएको थियो ।

स्वास्थ्य अवस्था सुधारोन्मुख रहेका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । दीपकराज पुराना कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेकी हुन् । चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !