१८ असार २०८१, मंगलबार

भद्रपुर नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी


नेपाली कांग्रेस र राप्रपा

झापा । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत ल्याएका छन् ।

राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाकी कार्की नौ हजार २३० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत प्राप्त गरेकी छन् ।

भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच चुनावी गठबन्धन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !