६ जेष्ठ २०८१, आइतबार

मन्त्री पण्डितले भने, ‘कर्मचारीतन्त्र पारदर्शी नभइ देशको बृहत्तर विकास सम्भव छैन’


Lalbabu Pandit

१६ वैशाख, कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाइतबार कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीहरूले राखेको स्वागत कार्यक्रमलाई संवोधन गर्दै मुलुकको समग्र विकासका लागि कर्मचारीतन्त्र सुधारिन अावस्यक भएकाे बताएका छन् ।

उनले कर्मचारीतन्त्र घुसखोरी नभई पारदर्शी, सुशासनयुक्त र बलियो भए देशको बृहत्तर विकासमा सघाउ पुग्ने बताए । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

जनप्रतिनिधिलाई विशेष निर्देशन दिंदै उनले जनप्रतिनिधिलाई गल्ती गर्ने अधिकार नभएको पनि उल्लेख गरे । नियम कानुन अनुरुप नै जनप्रतिनिधिले काम गर्ने भएकाले जनहित विपरित काम नगर्न उनले आग्रह गरे । मन्त्री पण्डितले जनताकाे मेहनत, पसिनाकाे कमाइवाट तिरेको कर सेवा सुविधा उपभोग गर्न हुनेले काम गर्न किन आलटाल गर्ने भन्दै कर्मचारीलाई प्रतिप्रश्न तेर्साए ।

राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्नेमा उनले जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !