मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् ।
विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले ६३४३, नेकपा (एमाले) का सागर थापाले ४८३३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले १७२० मत प्राप्त गरेका छन् ।
यस्तै विराटनगर-१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी भएका छन् भने विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी भएका छन् । अहिले महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १३, १४, १५ वडाको मतगणना भइरहेको छ । महानगरमा १९ वडा रहेका छन् ।