१२ पुस २०८१, शुक्रबार

भरतपुरमा रेनुलाई ६१ मतले पछि पार्दै सुवेदीको फराकिलो अग्रता


रेनु दाहाल, विजय सुवेदी र जगनाथ पौडेल

चितवन । आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले ६१ मतले गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहाललाई पछि पार्दै फराकिलो अग्रता लिएका छन् ।

१२८६२ मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई एमालेका सुवेदीले ६१ मतले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४४०० मत प्राप्त गरेका छन् भने दाहालले ४३३९ मत ल्याएकी छन् । त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले १९०० मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !