काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र अग्रगमनको नाम जप्ने पाँच दलीय सत्ता गठबन्धन अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहेको आरोप लगाएका छन् ।
स्थानीय तहको निर्वाचन-२०७९ सम्पन्न भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धनले अधिनायवादी चरित्र देखाएको टिप्पणी गरेका हुन् ।
ओलीले सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने काम गरेको आरोप लगाएका छन् ।
यस्तो छ हेर्नुहोस् ओलीले जारी गरेको प्रेस विज्ञप्ति