१६ आश्विन २०८१, बुधबार

एकताको मिति तय गर्न अोली र प्रचण्डवीच अाज पनि वार्ता सुरु


prachanda-and-kp-oli-

१५ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच एक्लाएक्लै वार्ता सुरु भएको छ ।

एकताको मिति तय गर्ने भनेर बसेको शुक्रबारको बैठक निष्कर्षमा नपुगेपछि शनिवार बिहान पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष छलफलमा जुटेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

मजदुर दिवसका दिन १८ गते पार्टी एकताको तयारी भए पनि उक्त दिन पनि पार्टी एकता हुन सक्ने सम्भावना नरहेको स्रोतको भनाइ छ। विवादका विषयमा सहमति हुन नसकेकाले उक्त मितिमा पनि एकता नहुने सम्भावना बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !