१७ असार २०८१, सोमबार

पार्टीको महाधिवेशन र केन्द्रिय समितिले गठबन्धनलाई अनुमोदन गरेको हो : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको महाधिवेशन र केन्द्रिय समितिले समेत गठबन्धनलाई अनुमोदन गरेको बताएका छन् ।

काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीमा गठबन्धनलाई अनुमोदन गरेपनि केही व्यक्तिले बखेडा झिकेको भन्दै गुनासो गरेका छन् ।

प्रधानमन्त्री देउवाले काठमाडौं जस्तो राजधानीमा महिलाले हार्नु नहुने भन्दै महिला हराएपछि काठमाडौंले दोष पाउने भएकोले महिला उम्मेदवार हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ? भनेर प्रश्न समेत गरे । देउवाले सिर्जना सिंह योग्य महिला भएकोले उनलाई जिताउन आग्रह गरे ।

उनले काठमाडौँ र भरतपुर महानगरपालिका महिलालाई गठबन्धनको मेयरको रुपमा साझा उम्मेदवार बनाएकोमा स्थानीय निर्वाचनमा अत्याधिक मतले विजय गराउनुपर्ने बताए । उनले रेनुले भरतपुरमा धेरै राम्रो उल्लेखनीय विकास निर्माणको काम गरेकोले जिताउन पुन: आग्रह गरे ।

उनले वर्तमान संविधान भएसम्म कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भएकोले गठबन्धन गर्नुको विकल्प नभएको स्पष्ट पारे । अन्त्यमा उनले गठबन्धन जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद ! भन्दै गठबन्धनका उम्मेदवारलाई देशभर विजय गराउन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !